विद्यालयको जग्गा अतिक्रमण गरेर पक्की घर निर्माण

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङमा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । सेती देवी आधारभुत विद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमण गरी पक्की घर बनाइराख्दा पनि पालिका र वडाबाट कुनै अनुगमन नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरी पक्की घर बनाएको विरुद्धमा सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउँदा पनि वडाध्यक्षसहित गाउँ कार्यपालिका मौन रहेको स्थानीयले गुनासो गरेका छन् । वडा अध्यक्षले उल्टै छिटो छिटो काम सकाउन भनी आदेश दिएको स्थानीयको आरोप छ ।

यता, वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ र गाउँपालिका अध्यक्ष प्रेम भुजेलले भने कुनै स्वीकृति बिनै बिना निर्माण गरिएको बताएका छन् । जानकारी पाइसकेपछि पनि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षले रोक्न सकेका छैनन् । स्थानीयले भने राजनैतिक आडमा र वडाअध्यक्ष तथा पालिका प्रमुखको आडमा नै उक्त भवन बनाउन लागिएको आरोप लगाएका छन् ।

सार्वजनिक जग्गामा निर्माण गरिएको घर पालिका प्रशासनले छानविन गरी नरोके स्थानीयले आफै डोजर लिएर घर भत्काउने चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्