वि.सं.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा मुकेश जोशीको उम्मेदवारी घोषणा

काठमाडौँँ – वि.सं.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा मुकेश जोशीले उम्मेदवारी घोषणा गरेका छन् । जोशीले आफुलाई २१ वर्ष पुरा भएको र अब स्थानीय निर्वाचनको उम्मेदवार बन्न योग्य भएकाले उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई विधिको शासनका लािग भएको बतएका छन् । ‘विधि र थिति बसाल्न मेरो उम्मेदवारी हो, यो कुनै दल र व्यक्ति प्रतिको प्रतिसोध होइन,’ उनले भने, ‘समाजमा व्याप्त समस्याहरु, स्थानीय सरकारले प्रवाह गर्ने सेवा, स्थानीय सरकार भित्र भएको व्याप्त भ्रष्टाचार विरुद्ध मेरो उम्मदेवारी हो ।’ आफु भन्दा कान्छो य योग्य उम्मेदवार भएमा आफुले सघाउने पनि जोशीले बताएका छन् । जोशी अहिले समाजशास्त्र र पत्रकारीतामा स्नताक पढिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्