गण्डकी प्रदेशमा सरकार बनाउन माओवादी निर्णायक

काठमाडाैँ – गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ । ६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित ठूलो दल बनेको छ । नेकपा एमालेले २२ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले ७ सिट जितेर तेस्रो दल भएको छ ।

राप्रपाको २ सिट छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट २ सांसद भएका छन् त्यसमा पनि स्वतन्त्र जितेका राजिव गुरूङ हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेको भएर ।

गण्डकीमा गठबन्धनकै सरकार बन्ने देखिन्छ। कांग्रेस र माओवादी मिलेमा सरकार बनाउन बहुमत पु¥याउन सक्छन्। तर केन्द्रमा रहेको गठबन्धनअनुसार नै सरकार बनेमा एकीकृत समाजवादीका राजिव गुरूङले पनि स्थान पाउने सम्भावना छ ।

कांग्रेसको २७ र माओवादीको ७ सिट गरी ३४ सिट पुग्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्