मेलम्ची नगरपालिकाले नयाँ भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने

सुशील सुवेदी 

सिन्धुपाल्चाेक – मेलम्ची नगरपलिकाले नगरपालिकाको नयाँ भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका प्रमुख डम्बर अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले नगरपालिकाको ४ तल्ले नयाँ भवनलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।
यस्तै नगरपालिकाले कोरोना भाईरस कोभिड १९ बाट बच्न प्रत्येक वडामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको टोली परिचालन गर्ने, बजार र समुदायको सरसफाईको स्तर अनुगमन गर्ने, जनप्रतिनिधि र सुरक्षकर्मीको टोलीले बजार अनुगमन गरी औषधी,खाद्यान्न र ग्याँस बाहेकका अन्य बजार बन्द गर्ने, मेलम्ची नगरपालिका अन्तर्गतका मुख्य बजारमा साबुन पानीले हात धुने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण रोकथामका लागि वृहत्त सतर्कताका विधिहरु अपनाई अन्य देशबाट नेपाल फर्किएका व्यक्तिहरुको विवरण र सेल्फ क्वारेन्टाईनको अवस्था सहित दैनिक रुपमा वडा कार्यलयहरुले नगरपालिकामा र नगरपालिकाले संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा पठाउने भएको छ ।
यसैगरी नगरपालिका भित्रका वडा कार्यलयहरुले सम्बन्धित वडा भित्रका बजार अनुगमन गरी कृतिम अभाव, बढि मूल्य असुल्ने तथा अनावश्यक भिडभाड बड्न नदिने निर्णय गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

टेलिहेल्थको कन्सेप्टलाई प्रोमोशन गर्न जनस्वास्थ्य शाखा प्रमुख, शाखाका अन्य कर्मचारी, मेलम्ची पा्लीहेल्थ क्लिनिकका चिकित्सकहरु तथा सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखहरुको फोन नम्बर स्थानीय सञ्चार माध्यमबाट प्रसारण गरी सर्वसाधारण जनतालाई अत्यावश्यक जानकारी दिन र शंकास्पद विरामीहरुको टेलिफोन मार्फत उचित व्यवस्थापन गर्ने र अत्यावश्यक अवस्था बाहेकका अन्य अवस्थामा स्वास्थ्य संस्थामा नआउने व्यवस्था मिलाउने लगायतका निर्णय भएको पनि प्रमुख अर्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्