कैलालीमा अनिश्चितकालीन कर्फ्यू

कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबारदेखि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।

‘निषेधाज्ञा अवधिमा विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने छन्’ उनले भने ।

यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी आइतबार निषेधाज्ञा जारी गरिएको थियो ।

कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्