कोरोनाको त्रासका कारण भएको झडपमा २३ जनाको मृत्यु, ८३ घाइते

काठमाण्डौ – कोलम्बियाको राजधानी बोगोटामा रहेको एउटा जेलमा कोरोना भाइरस फैलने डरका कारण उत्पन्न तनावपछि झडप हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ ।
बोगोटाको सबैभन्दा ठूलो मध्येको एक ला मोडेलो जेलमा कोरोनाको संक्रमण फैलिने डरले कैदीहरु भाग्ने प्रयास गरेका थिए । कैदी भाग्ने क्रममा भएको झडपमा २३ जनाको ज्यान जानुको साथै ८३ जना घाइते भएका बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्