इटलीमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै साढे ५ हजार पुग्यो, स्थिति भयावह बन्दै

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै आइतबार थप ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ । शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्