दार्चुलाकाे ऐरिछिनामा मालवाहक जीप दुर्घटना

गणेशसिंह धामी

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं. ४ ऐरिछिनामा मालवाहक जीप दुर्घटना भएको छ ।

आइतबार शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुलेश्वरबाट  ऐरिछिना तर्फ गइरहेको से १ च ८३६ नम्बरको गाडी ब्रेक फेल भएर ऐरिछिनामा दुर्घटना भएको हो । गाडी चालक पदम महर सामान्य घाइते भएका थिए । घाइते भएका चालक महर गोकुलेश्वर अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्