कोरोनाको महामारीपछि दिल्लीमा वृद्धभत्ता दोब्बर र गरिबलाई निःशुल्क खाना

नया दिल्ली – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यो अवस्थामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्कालै लक डाउन नगर्ने, तर आवश्यक परेमा प्रभावकारी कदम चाल्ने घोषणा गरेका छन् ।

आफ्नो पहिलो डिजिटल प्रेस कन्फ्रेन्समा केजरीवालले वृद्धवृद्धा, विधवा र फरक क्षमता भएका नागरिकलाई दिइने भत्ता दोब्बर पु¥याउने घोषणा गरे । ‘यस्तो सुविधा पाउँदै आएका ८ लाख ५० हजार नागरिकले यो महिना ४ हजारदेखि ५ हजार भत्ता पाउनेछन्,’ उनले भने ।

केजरीवालले कोभीड–१९ कारण निम्तिएको कडाईले गरिब व्यक्तिहरु मारमा परेको बताए । उनले घरबारविहीनलाई रात्रिकालिन सेल्टरमा निशुल्क खाना उपलब्ध गराउने बताए । ‘हामी कोरोनाको संकटका बेला दैनिक ज्यालादारी र मजदूरी गर्नेहरु गम्भीर रुपमा चिन्तित छौं । कोही भोकै रहोस् भन्ने चाहदैंनौं,’ उनले भने ।

जेष्ठ नागरिकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘म सबै जेष्ठ नागरिकलाई भन्न चाहन्छु, कृपया सकेसम्म ढोका बन्द गरेर घरभित्र बस्नुस् । सबैभन्दा धेरै जोखिममा रहेको समूह भएकाले तपाईले आफ्नो विशेष हेरचाह गर्न जरुरी छ । जसकारण, तपाईहरु संक्रमणमुक्त रहन सक्नुहोस् ।’

शनिबारसम्म दिल्लीमा कुल २६ जनामा संक्रमण भेटिएको छ । यसमध्ये एकजनाको मृत्यु भइसकेको छ । भारतमा समग्रमा ३०० जनामा संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्