इन्द्रावती र हेलम्बुमा तापक्रम परीक्षणपछि मात्रै प्रवेश

सुशील सुवेदी

सिन्धुपाल्चोक – इन्द्रावती र हेलम्बु गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । पालिका प्रवेश गर्ने स्थानमा पैदल यात्री र सवारी साधनबाट आएका यात्रुहरुको तापक्रम परीक्षण गर्ने गरेको हो ।
इन्द्रावती गाउँपालिकाको गाउँक्षेत्रमा टेक्ने जोकोहीलाई स्वास्थ्यकर्मीले साबुन पानीले हात धुन लगाउँछन् । त्यसपछि ‘इन्फारेट थर्मो्मिटर’ बाट तापक्रम मापन गरेपछि मात्रै इन्द्रावती गाउँपालिकामा ‘हजुरहरुलाई स्वागतम्’ भन्दै गर्दै कोरोनाबारे सचेतना दिइन्छ । इन्द्रावतीमा आउने जोकोही र गाउँपालिकाबाट दिइने प्रत्येक सेवा लिनुअघि कोरोना परिक्षण गरेर मात्रै आउन दिइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । ‘गाउँपालिकाभर कोरोना सचेतना दिएर स्वास्थ्यकर्मीसँग आफै खटिरहेका छौ, यसबाट पूर्व सावधानी अपनाउन जुटिरहेका हौ,’नवलपुर बजारमा आफै सचेतना कार्यक्रममा खटिरहेका उनले भने । गाउँपालिकाभर साबुन पानीले हात धुँदै कोरोनाबारे सचेत रहन अनिवार्य गरेर दुई वटा ‘इन्फारेट थर्मो्मिटर’ बाट धमाधम तापक्रम परिक्षण गरिरहेको उनले सुनाए ।
सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भोटसिपा, भिमटारसम्म आफै स्थलगत पुगेर कोरोना सचेतना गर्न जनप्रतिनिधि एकजुट भएर लागिरहेका छन् । ‘बिहिवारबाटै यो सेवा गाउँपालिकाभर फैलाएका छौं, यसको लागि अन्य स्थानीय तहलाई पनि सावधानी अपनाउन सबैलाई सचेत गरेका छौ,’ गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका तामाङले भने ।
२८ हजार भन्दा बढी जनंसख्या भएको इन्द्रावतीमा आउन अतिथिवर्गदेखि प्रत्येक स्थानीयलाई कोरोना परिक्षणको चर्को अभियान थालिएको छ । नवलपुर प्राथामिक अस्पताल डाक्टर धर्मेन्द्र पाण्डेकाअनुसार इन्द्रावती–१ देखि १२ सम्मका वडामा नेवार,तामाङ, बाहुनक्षेत्री, दलितदेखि माझी,दनुवार समुदायका परिवार बसोबास गदैआएका छन् । ‘कोरोनाबारे सुचनामुलक सन्देश दिनको लागि सार्वजनिक स्थलमा पप्लेट टास्ने, बाड्ने र संञ्चारमाध्यबाट सुचना दिँदै जिल्लाभर कोरोनाबारे सचेत हुन अनुरोध गरेका छौ,’उनले भने । कोरोनाको त्रासभन्दा पनि पूर्व सावधानी अपनाइरहेकाले यसबारे जिल्लामा स्थानीय तहमा पहिलो पटक इन्द्रावती गाउँपालिकाले कोरोना सचेतना अभियान तिव्र बनाएको उनले जानकारी दिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार हेलम्बु प्रवेश गर्ने स्थानमा यात्रुको तापमान गरिएको हो । स्वास्थ्यकर्मीको सहायताबाट ज्वरो नाप्दै हात धुन सिकाउने गरेको उनले बताए । गाउँभर कोरोनाबारे जनचेतना अभियानसमेत सुरु गरिएको उनको भनाई छ ।
२८ हजार भन्दा बढी जनंसख्या भएको इन्द्रावतीमा आउन अतिथिवर्गदेखि प्रत्येक स्थानीयलाई कोरोना परिक्षणको चर्को अभियान थालिएको छ । नवलपुर प्राथामिक अस्पताल डाक्टर धर्मेन्द्र पाण्डेकाअनुसार इन्द्रावती–१ देखि १२ सम्मका वडामा नेवार,तामाङ, बाहुनक्षेत्री, दलितदेखि माझी,दनुवार समुदायका परिवार बसोबास गदैआएका छन् । ‘कोरोनाबारे सुचनामुलक सन्देश दिनको लागि सार्वजनिक स्थलमा पप्लेट टास्ने, बाड्ने र संञ्चारमाध्यबाट सुचना दिँदै जिल्लाभर कोरोनाबारे सचेत हुन अनुरोध गरेका छौ,’उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्