कोरोनाकाे संक्रमणबाट जाेगिन दार्चुलाको शैल्यशिखर नगरपालिकाद्वारा निशुल्क मास्क वितरण

दार्चुला– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट बचाउन दार्चुलाको शैल्यशिखर नगरपालिकाले निशुल्क मास्क वितरण सुरु गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार कोरोनाबारे सचेतनाका साथै नगरक्षेत्रका बासिन्दालाई मास्क वितरण थालेको छ । शैल्यशिखर नगरपािलका–५ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय आगरमा पाँच सय थान मास्क निशुल्क वितरण गरिएको नगरप्रमुख अमरसिंह धामीले बताउनुभयाे ।

कोरोना भाइरसबाट जेष्ठ नागरिक, बालबालिका तथा सबै नगरबासीलाई सचेतनाका साथै मास्क वितरण अभियान सुरु गरेको नगरप्रमुख धामीले बताए । मास्क वितरणसँगै नगरपालिकाले कोरोनाभाइरस र यसबाट बच्ने उपाय बारे पनि जानकारी दिँइदै आएको छ । हाल बजारमा मास्क अभाव तथा सबै नागरिकले खरीद गर्न जागरुकता समेत नभएकाले नगरपालिकाले अग्रसरता लिएको हो । कार्यपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले कोरोनाबाट सतर्कता अपनाउन नगरप्रमुख धामीको अध्यक्षतामा ७५ सदस्यीय समिति समेत गठन गरेको छ ।

समितिमा नगरसभाका सबै सदस्य, स्वास्थ्य शाखा कर्मचारीहरु सदस्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयाे । कोरोनाबाट बच्न शैल्यशिखर नगरको मूख्य प्रवेशद्वार पनेबाँज र गोकुलेश्वर बजारमा हेल्थ डेक्स समेत व्यवस्थापन गरिने भएको छ । पहिलो चरणमा नगरभरी १५ हजार मास्क वितरण गरिने प्रशासकीय अधिकृत विष्टले बताउनुभयाे । ‘अहिले प्रत्येक वडा कार्यालय र स्वास्थ्य इकाईमार्फत सुरु गरेका छौ,’ उहाँले भने, ‘मास्क वितरण गरे पनि मुख्य अभियान भनेको कोरोनाबाट जोगिने उपाय बारे जानकारी गराउनु हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्