द्वन्द्वको समयमा वेपत्ता पारिएका २५ सय बढीको नामावली सार्वजनिक (नामावली सहित)

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट वेपत्ता पारिएका २५ सय भन्दा बढी व्यक्तिको नामावली सार्वजनिक गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका आफन्तले गरेको उजुरीका आधारमा नाम सार्वजनिक गरेको हो ।

आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि आयोगले सबैमा अनुरोध समेत गरेको छ । द्वन्द्वका क्रममा वेपत्ता भएका व्यक्तिका परिवारले दिएको उजुरीका आधारमा सरकारद्वारा गठित आयोगमा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

आयोगको अघिल्लो नेतृत्वले नै बेपत्ता पारिएका व्यक्तिबारे उजुरी आह्वान गरेर विवरण संकलन गरेको थियो । आयोगले सार्वजनिक गरेकोमा बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जना वेपत्ता भएको उल्लेख छ । त्यसपछि दाङबाट १२८बाँकेबाट १००, रोल्पाबाट ९७, कञ्चनपुरबाट ७७, बैतडीबाट ६६, चितवनबाट ५१गोरखा र नुवाकोटबाट ४०-४०, काठमाडौंबाट ३२ र कालीकोटबाट २४  जना  बेपत्ता पारिएका व्यक्तिका परिवारले आफन्त खोजिदिन आग्रह गर्दै उजुरी गरेका थिए ।

सबैभन्दा कम हुम्लाबाट ४ र डोल्पाबाट ६ जना वेपत्ताको नाम सार्वजनिक गरेको छ । द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जनाको नाम सार्वजनिक भएको छ ।

त्यस्तै द्वन्द्वपीडित तथा वेपत्ता पारिएका व्यक्तीको परिवारका महासचिव भागीराम चौधरीले नामावली सार्वजनिक गर्नु राम्रो भएपनि आफूहरुको भावनालाइ वेवास्ता गरेको बताउनुभयो ।

बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखिएको छ । आयोगले अन्य बाँकी कोही भएपनि टोलफ्रिमार्फत पनि उजुरी दिन सक्ने व्यवस्था गरेको छ । आयोगले आफ्नो अनुकूल समयमा त्यस्ता प्रमाणहरू पठाउन सकिने गरी कोही वेपत्ता भएपनि उजुरी दिन आग्रह गरेकोछ ।-

नामावली हेर्न यहाँ क्लिक गर्नुहाेस ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्