चर्चित गायिक रेखा जोशी र चक्र साउदको स्वरमा रहेको “एक्लै दिन कसरी काटु” गीत सार्वजनिक

काठमाडाैं – चर्चित देउडा गायिका रेखा जोशी र गायक चक्र साउदको स्वरमा रहेको “एक्लै दिन कसरी काटु” गीतको भिडियो सार्वजनिक भएको छ । रामारोश प्रोडक्सन हाउसको आधिकारिक युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । जसम लय जनक साउदको रहेको छ भने संगीत धर्मराज न्यौपाने शिशिरको रहेको छ । यस्तै दिपक संगम बिसीले एरेन्ज गरेको उक्त गीतलाई खडक बाजुरेलीले मिक्सिङ गरेका छन् ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई राम केशीले छायांकन गरेका छन् भने दिलसन साहले सम्पादन गरेका छन् । सुरबीर पण्डीत (दारी बा), प्रकाश चन्द, राती खड्का र एलिसा ढकालले गीतमा अभिनय गरेका छ । यस्तै हरि ढकाल, नृप साउद, गंगा मगर, कमल शाही, खम्बीर जोशी र एक्का मगरले अभिनयमा सहयोगीको भूमिका निर्वाह गरेका छन् ।

भीम थापाको कथा अवधारण तथा निर्देशनमा उक्त गीत तयार परिएको छ । गीतमा एक प्रेम जोडी टाढिएको उल्लेख गरिएको छ । गाउँघरमा प्रेमी र कामको सिलसिलामा घरबाट प्रेमिका टाढा रहेको उल्लेख गरेको छ । उक्त गीत अपलोड गरिएको थोरै समयमा धेरैले हेरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्