दर्शन जोशी (ठेउक्या बाजे)को पहिलो डेउडा गीत ‘परदेशी त बटिग्यो’ सार्वजनिक (भिडियो)

काठमाडौँ – दर्शन जोशी (ठेउक्या बाजे) को पहिलो डेउडा गीत परदेशी त बटिग्यो सार्वजनिक भएको छ । शुक्रबार निरन्तर मिडिया नामक युट्युव च्यानलबाट गीत सर्वाजनिक भएको हो । गीतमा दर्शन जोशी र मन्जु ओझाको स्वर रहेको छ भने दर्शन जोशीकै शब्द र लयमा गीत निर्माण भएको हो । साइनो फिल्म्सको पोष्ट प्रोडक्सनमा गीत निर्माण भएको हो । गीतमा एउटा गाउँबाट आफ्नो श्रीमान विदेश जाँदाको कथालाई चित्रण गरिएको छ । श्रीमतीले श्रीमानलाई माया प्रिती मर्ने बेला जहाजमा फर्किएर आउनु भनेको छ । श्रीमानले विदेशमा तिमीले दिएको औठी हेरेर बस्छु भनेका छन् । यस्तै माया पिरतीका शब्दहरु रहेको यो गीत मार्मिक एवं कारुणीक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्