बेलायती महारानीकाे निधनमा नेपालले तीन दिन शाेक मनाउने

काठमाडौँ  – बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे निधनमा नेपालले तीन दिन शाेक मनाउने भएकाे छ । आज शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले बेलायती महारानीकाे निधनप्रति दुःख व्यक्त गर्दै उहाँकाे सम्मानमा तीन दिन शाेक मनाउने निर्णय गरेकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेकाे बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेकाे हाे । यस्तै बैठकले तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे हिजाे बिहीवार राति स्कटल्यान्डकाे बालमोरल दरबारमा ९६ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्