हिमालय एअरलाइन्सकाे साउदी अरेवियाको दमाम उडान स्थगित

हिमालय एअरलाइन्सले साउदी अरेवियाको दमाम उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण साउदी सरकारले दुई हप्ताको लागि साउदी अरब प्रवेशमा रोक लगाएकाले उडान बन्द गरिएको हिमालय एअरलाइन्सले जनाएको छ ।

दमाम उडान मार्च १५ देखि २५ तारिखसम्म र दमाम-काठमाण्डौ उडान मार्च १६ देखि २९ तारिखसम्म स्थगित गरिएको हिमालय एअरलाइन्सले जनाएकाे छ

साथै, कतारको दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ ।

मार्च ९ तारिखपछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको हो ।कोरोना भाइरस अर्थात कोभिड १९ को प्रकोप रोकथामको लागि कतारले मार्च ९ तारिखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

यात्रुले अतिरिक्त शुल्क नतिरी यात्राको मिति भने परिवर्तन गर्न पाउने एअरलाइन्सले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्