चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गयाे

चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गएको छ ।

शनिबार राति चट्याङ लागेर घाइते हुनुभएका म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ६ खिवाङका रविन पुन र यमकुमारी गर्बुजाकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिका १२ का १० वर्षीय विकास नेपालीको असिनाले लागेर ज्यान गएको छ । शनिबार दिउँसो घरबाट हिँड्नुभएका नेपालीको कुडुले जङ्गलमा शव भेटिएको हाे । असिनाले लागेर उहाँकाे ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै अर्घाखाँचीकै भूमिकास्थान नगरपालिका ९ का सालिकबहादुर बलालको पातले खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्