कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने

कोरोना (कोभिड–१९) काे जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन् ।

काठमाडौंमा हाल १७० आइसीयू बेड सञ्चालनको अवस्थामा छन् । मन्त्री ढकालका अनुसार काठमाडौं उपत्यकाका १ सय २० तथा काठमाडौं उपत्यकाबाहिर १ सय ३५ वटा थप आइसीयू थपिनेछ । उपचारका लागि काठमाडौंमा हाल १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्