सभामुख सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत अरुनातिलकाबीच शिष्टाचार भेट

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुनातिलकाबीच आइतबार शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
‘भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंकाबीच ६३ बर्षदेखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै दुई देशबीच साँस्कृतिक सम्बन्ध सुदृढ रहेको चर्चा गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्