काेराेनाकाे सङ्क्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुकाे भिडिओ संवाद सुरु (लाइभ)

काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुले साझा रणनीति बनाउने विषयमा भिडिओ संवाद सुरु भएकाे छ । सार्क क्षेत्र देशका सरकार प्रमुखहरुले भिडिओ संवादमार्फत छलफल गर्न लागेका हुन् ।

दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु भएकाे छ । सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी जनाउनु भएकाे छ ।

भिडिओ संवादमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत गर्ने तयारी छ ।

सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि भिडिओ सम्मेलन भएकाे हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्