नुवाकोटमा १ दिने निःशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न, २४७ जनाले सेवा लिए

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।

शनिबार चारघरे स्वास्थ्य चौकीमा जम्मा १२४ जना र भाल्चे स्वास्थ्य चौकीमा १२३ जना गरी जम्मा २४७ जना बिरामीले सेवा लिएका छन् भने चारघरे स्वास्थ्य चौकीमा १४ जना र भाल्चे स्वास्थ्य चौकीमा २४ जना गरी जम्मा ३८ जना मोतीबिन्दु भएका बिरामी शल्यक्रियाको लागि छनौट भएको जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिए । उनका अनुसार निशुल्क आँखा शिविर बाट छनौट भएका मोतिबिन्दुको बिरामीहरूको यही भाद्र २३ र २४ गते यस जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा निशुल्क शल्यक्रिया गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्