सुदूरपश्चिम तथा कर्णालीबासीले काठमाडौमा मनाए गौरा पर्व

काठमाडौँ – काठमाडौँमा बसोबास गरिरहेका सुदूरपश्चिमबासीले काठमाडौँको टुडिखेलमा गौरा पर्व मनाएका छन् । शनिबार सुदूरपश्चिमबासी र कर्णालीबासीहरुले काठमाडौँको टुडिखेल पुगेर गौरा पर्व मनाएका हुन् । गौरा पर्वको अवसरमा टुडिखेलमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरेर गौरा पर्व मनाएको हो । कार्यक्रममा पूर्व उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, पूर्वमन्त्री चन्द्रदेव जोशी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट लागयतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पूर्वमन्त्री जोशीले डोटेली भाषामा कार्यक्रमलाई सम्बोधन गरेका थिए । जोशीले गौरा पर्व सांस्कृतिक, धार्मीक र ऐतिहासिक हिसाबले सभ्याताको खानी रहेको बताएका थिए । जोशीले सुदूरपश्चिममा गाइने गीतहरु, सगुन, झोडो, फाग, ठाडोखेलको युवा पुस्ताले जगेर्ना गर्नुपर्नेमा जोड दिए । उनले आफुलाई सगुन, झोडो, फाग, ठाडोखेल सबै आउने कुरा समेत स्मरण गराए । कार्यक्रममा मन्त्री बडूले गौरापर्व धार्मिक हिसाबले निकै महत्वपूर्ण भएको बताए । मन्त्र बडूले सबै नेपालीहरुलाई गौरा पर्वको शुभकामना समेत दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्