भौगोलिक विकटताकाबीच एमबीबीएस डाक्टर सहितको स्वास्थ सेवा दिइरहेका छौँ : उपाध्यक्ष ठगुन्ना (भिडियो)

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाका उपाध्यक्ष जगतसिंह गठुन्नाले भौगोकि विकटताकाबीच गाउँपालिकाको विकासलाई आगाडी बढाएको बताएका छन् ।

बुधबार उपहारखबरसँग कुराकानी गर्दै उपाध्यक्ष ठगुन्नाले गाउँपालिकामा भौगोकि विकटता भएपनि विकास निर्माणका कामहरुले तिव्रता पाएको बताएका हुन् । उपाध्यक्ष ठगुन्नाले आफुहरु निर्वाचित भएपछि गाउँपालिकामा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवाको सुरुवात गरेको समेत बताएका छन् । ‘हाम्रो प्राथमिकतामा स्वास्थ्य र शिक्षा हो, हामीले एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा विकट ठाउँमै उपलब्ध गराएका छौँ’ उपाध्यक्ष ठगुन्नाले भने, ‘शिक्षाको क्षेत्रमा पनि गाउँपालिकाबाट शिक्षकहरु नियुक्त गरेर गुणस्तरीय शिक्षा प्रदानका लागि पहल गरेका छौँ ।’

आगामी दिनहरुमा पनि जनमुखीकामहरु गरेर जनताहरुलाई स्थानीय सरकारको महसुस गराउने गरि काम गर्ने योजना रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्