माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट दिए राजीनामा

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट राजीनामा दिनुभएको छ ।

विश्वकौ दोश्रो धनी व्यक्ति बिल गेट्सले सामाजिक सेवामा सक्रिय रहने भन्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन लगायत परोपकारका क्षेत्रमा काम गर्ने भन्दै पदबाट राजीनामा दिनुभएको खबरमा उल्लेख छ ।

अब बिल गेट्स माइक्रोसफ्टको प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनुहुने छ । उहाँले मुख्य जिम्मेवारीमा नभएपनि कम्पनीमा आफ्नो साथ भने रहिरहने बताउनुभएको छ ।

बिल गेट्सले सन् १९७५ मा पल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गर्नुभएको थियो । पल एलनको सन् २०१८ मा निधन भैसकेको छ । सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गर्नुभएको थियो ।

बिल गेट्स अमेजनका संस्थापक जेफ बेजोसपछि विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिका रुपमा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्