लोकेन्द्र नाथको तीज गीत ‘देउरानी जेठानी’ सार्वजनिक (भिडियो)

काठमाडौँ – लोकेन्द्र नाथको तीज गीत ‘देउरानी जेठानी’ सार्वजनिक भएको छ । साउने चौथो सोमबारको अवसर पारि डोको क्रियसन युट्युब च्यानलबाट आज गीत सार्वजनिक गरिएको हो । गीतमा लोकेन्द्र नाथ योगी र दीपा रोकायाले स्वर भरेका छन् भने लोकेन्द्र र सुवासको शब्द रहेको छ । गीतलाई चर्चिच एरेन्जर तथा विग परिवेश स्टुडियोका संचालक भुवन बडूले एरेन्ज गरेका छन् । सुवासले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा सुवास, लोकेन्द्र, चुनिला राई र रेनु लाथ्यालले अभिनय गरेका छन् । राजकुमार मगरले सम्पादन गरेको यो म्युजिक भिडियोको पोष्ट प्रोडक्सन राजकुमार फिल्म्सले गरेको छ ।

भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्