सत्तागठबन्धनको सिट बाँडफाँट गर्न गठित कार्यदलको संयोजकमा सिटौला, अरु कुन पार्टीबाट को छन् ?

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठित कार्यदल बैठकले संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तोकेको छ। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदल बैठकले सिटौलालाई संयोजक बनाउने निर्णय गरिएको हो। कार्यदलको अर्को बैठक साउन २६ मा बस्ने निर्णय भएको छ। यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन्। यसअघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए।

गठबन्धनले पाँच वटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा छन्।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्