बैतडीको सुर्नयामा ६५ लाख भन्दा बढी पदाधिकारी सुविधामा खर्च

काठमाडौँ – बैतडीको सुर्नया गाउँपालिकाले पदाधिकारी सुविधामा ६५ लाख ४२ हजार ७ सय ६५ रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले पदाधिकारी सुविधा भन्दै ६५ लाख ४२ हजार ७ सय ६५ रुपैयाँ खर्च गरेको हो ।
बैठक भत्ता, यातायात खर्च, अतिथि सत्कार, चाँडवाड खर्च, खानेपानी/विजुली/सरसफाई लगायत विभिन्न शीर्षकमा गाउँपालिकाले पदाधिकारी सुविधा भन्दै भुक्तानी गरेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन सार्वजनिक गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्