कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

कैलाली – कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ ।

कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्