नौगाडमा गाउँपालिका स्तरीय गाउँघर क्लिनिक सुदृढिकरण गोष्ठि सम्पन्न

रमेश खत्री

दार्चुला – नौगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका स्तरीय गाउँघर क्लिनिक सुदृढिकरण सम्बन्धी १ दिन गोष्ठि सम्पन्न भएको छ । नौगाड गाउँपालिकाले १८ वटा स्थानहरुमा गाउँघर क्लिनीक बाट सेवा दिईरहेको छ ।

गाउँघर क्लिनिक मार्फत दिइने सेवा परिवार नियोजन सेवा डिपो,पिल्स,कण्डम सुरक्षीत मातृत्व सेवा गर्भवती चेक जाच सुत्केरी जाँच पोषण सेवा बच्चाहरुलाई नियमित तैल दिन सामान्य उपचार सेवा प्रादन गरिदैको नौगाड गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख पृतमसिह ठगुन्नाले बताए । गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरी देवी ठगुन्ना, ६ औटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, सम्पुर्ण गाउँघर क्लिनिकका प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्