आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण गरेको छ । शिक्षा क्षेत्रमा भौतिक पुर्बाधार निर्माणकार्य निरन्तरता सँगैसँगै यो कार्यले उहाँको प्रशंसा गरेका छन् ।
शिक्षा क्षेत्रमा सुचना प्रबिधिको प्रयोग लाई पनि समाबेश गर्न प्रदेश कानुनले जनप्रतिनिधि लाई प्रदान गर्ने सेवा सुबिधा अन्तर्गत २०७९ असाढ महिनाको पदाधिकारी पारिश्रमिकबाट नगरपालिकाको वडा अध्यक्षले प्राप्त गर्ने १ महिनाको पारिश्रमिक बाट उक्त सामग्री वितरण गरेको अध्यक्ष महराले बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा न.–८ को बैजनाथ आधारभुत बिद्यालय पारिफाँटाको बालबिकासमा अध्ययनरत –४जना लाई प्रति बिद्यार्थी १÷१ र कक्षा १ मा अध्ययनरत २६ जनालाई प्रति बिद्यार्थी १÷१ का दरले ३० थान इरेजेबल राइटीङ ट्याब वितरण गरेको हो । शिक्षामा आमुल परिवर्तन ल्याउनु आजको आवश्यकता भएकोले शिक्षामा जोड दिएको प्रतिक्रिया दिएका छन् । आगामी दिनमा पनि यस्ता स–साना कार्यक्रमदेखि ठुल्ठुला योजनाहरुलाई अघि सार्नु अध्यक्ष महराको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्