कञ्चनपुर क्षेत्र नं २ का सांसद नर बहादुर धामीलाई मुकेश जोशीको ज्ञापन पत्र

काठमाण्डौ – कञ्चनपुर क्षेत्र नं २ का सांसद नर बहादुर धामीलाई कञ्चनपुरका एक युवाले ज्ञापन पत्र बुझाएका छन् । राजधानीमा पत्रकारिता ( विए ) अध्ययन गरी रहेका  सञ्चारकर्मी मुकेशप्रसाद जोशीले काठमाडाैंमा सांसद धामीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

शुक्लाफाँटा नगरपालिका वडा नं ०८ मा रहेको बैजनाथ आधारभूत विद्यालयमा रहेका समस्या देखाउँदै ज्ञापन पत्र बुझाएका थिए । भौतिक पूर्वाधार विकास निर्माण जस्तै पुलपुलेसा, चौडा सडक , कालोपत्रे सडक, मठ मन्दिर आदि मानव जीवनका प्राथमिक आवश्यकता हुन् तर आधारभूत आवश्यकता वा मौलिक हक अनुसार पनि शिक्षा रहेकाले शिक्षा क्षेत्रमा सुधार र विकास ल्याउन पर्छ जोशीले बताएका छन् ।

उनले भने ‘ “वि.स २०४६ सालमा स्थापना भएको विद्यालय अहिले सम्म आइपुग्दा आधारभूत मै सीमित रहेकाले माध्यमिक तहको अध्ययन अध्यापन गराउनु संगै विद्यालयलाई अब प्राविधि र वैज्ञानिक पद्धति अनुसार पठन पाठन सञ्चान गर्नु पर्ने देखिएकाले विद्यालय भवनको छतमा आजै पनि टिनको छत रहेको छ । गर्मीयाममा विद्यार्थीलाई घामले सताउने, कक्षा कोठमा बिजुली पंखा केही छैनन् । न त पक्की पर्खाल, न त खेलमैदान आदि समस्या रहेका छ्न ।”

त्यस्तो नयाँ शिक्षा ,जसले सिँहदरबारको मान्छेलाई, जिल्लाको मान्छेलाई र भोलि प्रदेश वा स्थानीयको मान्छेलाई प्रश्न गरेर जवाफ देही बनाउँछ त्यस्तो शिक्षाको आवश्यकता रहेको छ त्यसका लागि ज्ञापनपत्रको कुरालाई प्राथमिकता दिन जुरुरी छ जसले राजनीति,आर्थिक, समाजमा र संस्कृतिमा परिवर्तन ल्याउन मद्दत गर्दछ भन्ने उनको भनाइ छ ।

आगामी दिनमा आफ्नो क्षेत्रमा रहेका सरकारी विद्यालय सुधारका लागि पूर्वमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र माओवादी पार्टीको तर्फबाट शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका उमेदवार एबम् सभामुख अग्नि सापकोटाका पूर्व स्वाकियो रहेका नवराज ऐरलाई पनि भेट्ने कार्यक्रम रहेको जोशीले बताए।

जोशीसँग सांसद धामीले कुरा गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जेजे गर्न सकिन्छ गर्न तयार रहेको बताए ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्