गोकर्णेश्वर नगरपालिकामा १५ दिने उद्घोषण तालिम सम्पन्न

सुशील सुवेदी,

काठमाडौं – हरेक व्यक्तित्वमा उद्घोषण क्षमता विकास गर्ने उदेश्यले गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालन भएको १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । फागुन ११ गते देखि संचालित उक्त तालिम बुधबार सम्पन्न भएको हो । कुल २८ जना सहभागी भएको सो तालिमलाइ प्रशिक्षक एबम संचारकर्मी प्रशंन्न ढुंगानाले सहजीकरण गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अध्यक्षतामा समपन्न उक्त समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सचिब नवराज सेन, कार्यक्रम संयोजक एवम् वडा नं ४ का वडा सदस्य जयराम महत प्रशिक्षक प्रशन्न ढुंगाना वडाका कर्मचारी सहित प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन प्रशिक्षार्थी शर्मिला भट्टले गरे ।
कार्यक्रमका संयोजक एबम गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभएको थियो । उहाँले तालिममा सिकेका विषयलाई प्रशिक्षार्थीले ब्यवहारमा पनि उतार्नेमा आफु विश्वस्त रहेको बताए ।

समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यक रहेको बताउँदै देशलाई समृद्ध बनाउन महिलाको क्षमता अभिवृद्धि गराउनुपर्नेमा जोड दिदै वडाले त्यस्ता कार्यक्रमलाइ प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताए । तालिमको समयावधि छोटो भएको भन्दै पुनः पुनर्ताजगी तालिम आवश्यक परेमा पनि वडाले त्यस तर्फ पनि सोच्ने बचन दिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फ बाट बोल्दै प्रशिक्षार्थी सुबोध सेनले तालिमबाट आफुहरुले धेरै नयाँ तरिकाहरु सिक्न पाएको र अबका दिनमा कार्यक्रम संचालन लगायात जे जस्तो बक्ताको दाइत्व निर्बाह गरि कसरी सार्थक रुपमा बोल्नु पर्ने ज्ञान प्राप्त भएकोमा धेरै खुसि ब्यक्त गरे । तालिमले आफुमा निकै आत्मबल बढेको र तालिममा सैद्धान्तिक र ब्यबहारिक ज्ञान हासिल गरेको कुरा ब्यक्त गर्दै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि संचलान होस् भन्ने कामना गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक एबम संचारकर्मी प्रशन्न ढुंगानाले उद्घोषकले कुनै पनि कार्यक्रम संचालन गर्दा सहि र उपयुक्त तरिका अपनाएर संचलान गर्दा सुनमा सुगन्ध थपेझै हुन्छ भन्दै सिकेका ज्ञानलाइ व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले समय छोटो भए पनि प्रशिक्षार्थीहरुमा आत्मविश्वास भर्ने काम तालिमले गरेको बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्