कपन बानेश्वर राष्ट्रीय साहित्यिक साप्ताहिकको दसौं बार्षिक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

-जयराम बिडारी
काठमाडौँ – कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिका को ११औ बर्ष प्रवेशको उपलक्षमा साहित्य कलाको क्षेत्रमा अविच्छिन्न योगदान पुर्याउने स्रष्टा हरुलाइ एक बिशेष कार्यक्रमको आयोजना गरि सम्मान गरियो ।

कपन बानेश्वर (कबा ) साहित्यिक साप्ताहिकका सल्लाहकार बरिष्ठ उपन्यासकार शंकर भारतीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगत प्रसाद उपाध्यायको प्रमुख आतिथ्य एवं कबा का संरक्षक गंगा लिगलको,स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षित, घुम्ति कवि गोष्ठीका अध्यक्ष राम कुमार पण्डित सिम्पल आर्ट्सका अध्यक्ष पुस्कर जंगम , साहित्यकार रत्न श्रेष्ठ साहित्यकार ओम प्रसाद कोइराला , तथा माधवलाल श्रेष्ठ को आतिथ्यमा कपन स्थित घटराज मेमोरियल स्कुलमा कारक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथी अतिथि लगायत उपस्थित सम्पूर्ण महानुभाव द्वारा ताली बजाएर औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा कपन बानेश्वर साहित्यिक सप्ताहिकका प्रबंधक गंगा पौडेलले उपस्थित सवैलाइ स्वागत मन्तव्य राखेकी छन् ।स्वागत मनतब्यका क्रममा प्रबंधक पौडेलले साहित्य कलाको माध्यमबाट जीवनमा बिशिष्ट सन्तुष्टि प्राप्त हुने कुरा ब्यक्त गर्दै कपन बानेश्वर साहित्यिक पत्रिकाको साहित्यको क्षेत्रमा बि़े़शेष योगदान पुर्याउनु हुने स्रष्टा हरुलाइ सम्मान गर्ने मूलभूत उद्देश्य रहेकोले यसले साहित्यिक उन्नयनमा बृद्धि हुने बिचार ब्यक्त गर्दै उपस्थित सवैलाइ न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रम बारे प्रकाश पारेकी छन् ।

कार्यक्रमका बीच कबा महेन्द्र चालिसे बिशेष सम्मानबाट अधिवक्ता बिष्णु ओलीलाइ सम्मानित गरिएको थियो । यसैगरि कबा रचना पुरस्कार शितल गिरी , कबा साहित्यिक पत्रकारिता पुरस्कार उमेश पाण्डे , कबा समाचार सम्मान पुरस्कार दिब्य गिरी ,गंगा लिगल कबा रचना पुरस्कारबाट मोफसलका इन्द्र कुमार श्रेष्ठ , श्यामा खरेल स्मृति कबा रचना पुरस्कार तारा केसी हेम गंगा कबा रचना पुरस्कार तृष्णा श्रेष्ठ ( बाल कवि ) लाइ प्रदान गरियो । साहत्यको माध्यमबाट समाज र राष्ट्रप्रति विशेष योगदान दिने साहित्यकार हरुलाइ टिका खादा साज प्रमाणपत्र का साथै नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मानित अतिथीका रुपमा बोल्दै शितल गिरीले साहित्यकार सर्जकहरु काब्यीक सृजनशिलताका संबाहक हुने भएकोले मनका अत्यन्त सुकिला अनि ब्यवहारमा स्पष्टता हुनुपर्ने साथै कला साहित्य समाजको निर्देशक ऐना भएको कुरामा जोड़ दिंदै साहित्य लेखनको बास्तविक रुपमा समालोचना हुनुपर्ने कुरामा जोड दिएको छन् । अर्का सम्मानित ब्कतित्व तारा केसीले बिभिन्न गुट उपगुटमा बिभक्त साहित्यिक जमघटमा आर्थिक लेनदेनमा पुरस्कार खरिदबिक्रि हुने परिप्रेक्ष्यमा कपन वानेश्वर साहित्यिक साप्ताहिक अछुतो रहेकोमा रचनाको बास्तविक मूल्यांकनका आधारमा पुरस्कृत गरिएकोमा संतोष ब्यक्त गरेकी छन् । यसैगरि मोफसलबाट पुरस्कृत इन्द्र कुमार श्रेष्ठले साहित्यिक गतिविधिमा संलग्न सर्जक हरुलाइ गरिने यस्ता सम्मान कार्यक्रमले समग्रमा सर्जक हरुलाइ प्रोत्साहन र प्रेरणा प्राप्त हुने कुरा बताएका छन् । समाचार सम्मान पुरस्कार बाट समामानित सर्जक दिब्य गिरीले बगरमा भेटिने प्रत्यक ढुङ्गाले मूर्ति बन्ने सुअवसर प्राप्त नगर्ने उल्लेख गर्दै कपन बानेश्वर साहित्यिक साप्ताहिकले दिएको यो सम्मान जोगाउन सकिन्छ कि सकिंदैन त्यो प्रमुख कुरा रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रा . डा .जगत प्रसाद उपाध्यायले साहित्यिक पत्रिका दशकौ देखि निरंतर र नियमित प्रशनमा आइरहनुको संघर्ष आफैमा ठूलो उपलब्धि रहेको बताएका छन् । साहित्य कलाले तत्कालै परिणामुखि उपलब्धि दिन नसकला तर कालान्तरमा शुभ भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गर्दै समुन्नत समाजको निर्माण गर्नमा प्रमुख योगदान रहने कुरा ब्यक्त गरेका छन् । कार्यक्रमका सभापति शंकर भारतीले साहित्य सर्जकले आफ्नो अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरि पाठकलाइ सुरुचिपूर्ण रुपमा प्रस्तुत गरिनु बिशिष्टिकृत उपलब्धि रहेको बिचार ब्यक्त गरेका छन् ।कला साहित्य संस्कृति समाजको मार्गनिर्देशक भएकोले यसको प्रयोगलाइ हलुका रुपमा बुझ्न नहुने समेत बताएका छन् । बिमल कोइराला द्वारा संचालित उक्त कार्यक्र सभ्य एवं भब्य रुपमा सम्पन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्