पाल्पा बस दुर्घटना : ६ जनाको शव भेटियो, १७ जना घाइते, थप यात्रुको खोजी गरिदै

काठमाडौँ – पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थलमा अहिलेसम्म ६ जनाको शव फेला परेको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेले जानकारी दिए ।

१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ । अरु यात्रुको पनि खोजी भइरहेको जनाइएको छ । बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको छ । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान छ । दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्