धनगढी उपमहानगरपालिकामा भइरहेका विकास निर्माणका गतिविधिकाे जानकारी मोवाइलबाटै

कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ । उपमहानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरेको हो । पूर्वाधार विकास प्रणाली अन्तर्गत नागरिकहरुले आफ्नो मोवाइलबाटै विकास निर्माणको जानकारी लिइरहेका छन् ।

७५३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिकामा पहिलो पटक यो प्रणाली सुरु गरिएको हो । विकास निर्माणमा हुने ठूलो आर्थिक चलखेल र न्यून गुणस्तरीय कामको अन्त्य गर्न यो प्रणाली सुरु गरिएको हो । नगर क्षेत्रमा भइरहेका कामहरुको लागत, ठेक्का मिति, अन्तिम समय, लागतको अवस्था इन्टरनेटको माध्यमबाट अहिले सर्वसाधरणले जानकारी लिइरहेका छन् ।

नगरपालिका भित्रमा रहेका सबै वडामा पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाइल एपमार्फत योजनाका बारेमा गुनासो पनि राख्न सकिने व्यवस्था गरिएको छ ।
पूर्वाधार व्यवस्थापन प्रणाली लागू भएपछि पारदर्शिता र गुणस्तरीय काम भइरहेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्