राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना महामारीका कारण रद्द

राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंगलादेश भ्रमण कोरोना महामारीका कारण रद्द भएको छ । पारस्परिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी चैत ९ गते ढाका पुग्ने कार्यक्रम तय भएको थियो ।

बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको एक सयौं जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने र त्यहाँको संसदलाई समेत सम्बोधन गर्नेगरी राष्ट्रपति भण्डारी बंगलादेश जान लाग्नुभएको थियो ।

‘कोरोनाका कारण राष्ट्रपतिको मार्च २२ देखि हुने तय भएको ३ दिने बंगलादेश भ्रमण स्थगित भएको छ, कोरोना प्रकोप सकिएपछि भ्रमणको नयाँ मिति तय हुनेछ।’

बंगलादेशका राष्ट्रपिता रहमानको सयौं जन्मजयन्तीका दिन चैत ४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाएर मुख्य कार्यक्रम गर्ने तयारी थियो ।
बंगलादेश र भारतका अधिकारीहरुले कोरोनाका कारण सो कार्यक्रम पनि स्थगित भएको जनाएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाउने योजनाको विरोधमा बंगलादेशमा ठूलो विरोध प्रदर्शन पनि भएको थियो । त्यहीबेला बंगलादेश सरकारले ३ जना नागरिकमा कोरोना देखिएको जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्