बडिमालिका नगरपालिकामा दरबन्दी बाहेकका कर्मचारीलाई हेरफेर गरियो

बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गरेको बताएको छ ।

नगरपालिकाले शनिबार गरेको पत्रकार सम्मलेलनमा बोल्दै नगर प्रमुख अमर खड्काले नगरपालिकामा कार्यरत दरबन्दी बाहेकका कर्मचारीहरुलाई हेरफेर गरिएको बताए । स्वास्थ्य र शिक्षामा कर्मचारी हेरफेर गरिएको छैन । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा अत्याव्यस्यक भएकोले हेरफेर नभएको हो तर नगरपालिका भित्रका अन्य केही कर्मचारीहरुको दरबन्दी बेगर नियुक्ती गरिएकाले नगरपलिकाको आयश्रोतको दुरुपयोग हुदै आएकोमा केही कर्मचारीलाई म्याद थप निति बाटै नहुने भएपछि बाध्य भएर हटाउनु परेको हो’ नगर प्रमुख खड्काले भने ।

दरबन्दीमा नरहेका कर्मचारीहरुमा ५ जना लाई मात्र यसपटक नगरले हेरफर गरेको छ । बाँकी अरु दरबन्दीका सबै कर्मचारीहरुले कार्यालयमा काम गरी रहेका छन् । हेरफेर गरीएका ५ जना कर्मचारीहरु मध्ये एकजना एम्बबुलेन्स चालक रहेछन् जुन एम्बुलेन्स बडिमालिका नगरपालिकामा छैन आफ्नो नगरको अहिले सम्म कुनैपनि एम्बुलेन्स नभएकोहुदा एम्बुलेन्स चालक भनेर नियुक्ती गरिएका ब्यक्तिीलाई एम्बुलेन्स खरिद नभए सम्मका लागि सो पद कायम नगरिएको नगर प्रमुख खड्काले बताएका छन ।

अर्को नगरपालिकाको गाडी चालकमा आफ्नो बिस्वासीलो मान्छे हुनुप पर्ने भएकोले सोकारण हटाएको हो साथै नगरपालिकामा अर्को गाडी कुनै पनी नभएकाले उनलाई पनि हटाउनुपर्ने बाध्यता भएको नगरप्रमुखले बताएका छन् ।

अर्का एकजना बिद्युतय कर्मचारी भनेर राखीएका थिए तर सोे पद समेत कायम नभएकाले उनलाई पनि हेरफरगर्न बाध्य भएको नगर प्रमुख खड्काले बताएका छन् ।
त्यसै गरी मेड्पा कार्यक्रमका संयोजकलाई नगरपालकाले हटाएको छ । ‘मेड्पा कार्यक्रमका संयोजक निजामती कर्मचारी फोकल पर्सन हुने प्रबधान रहेकाले अर्को व्यक्तिको पद कायम गर्न नसकिएकोले उहाँलाई पनि बाध्यताले हटाउनु पर्ने भयो यसरीकाम गरीराखेका कर्मचारीहरु लाई यसरी आफ्नो कार्यकालमा हटाउनु पर्दा आफुलाई सारै दुख लागेको छ’ नगर प्रमुख खड्काले भने ।

म्याद थप गरिएका करार कर्मचारीहरुकोपनि कार्यसम्पादन र मुल्याङकनका आधारमा हेरफेर गर्न सकिने प्रबाधान भएकाले सो कार्यलाई ३ महिनामा सम्पन्न गरिने कुरा पत्रकार सम्मेलन मार्फत नगर प्रमुख खड्काले जानकारी गराएका छन ।

नगरपालिकामा भ्रष्टाचारलाई शुन्य सहनशिलतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यबिधि, कार्ययोजना र मुल्याङकनलाई आधार बनाएर कर्मचारीहरुको हेरफेर गर्न सकिने नगर प्रमुख खड्काले बताएका छन ।

यता शिक्षाक्षेत्रतिर भने नगरस्वयमंसेवक शिक्षक रहेकाले उनिहरुको हकमा भने सिकाई उपलब्धी कार्यसम्पादन र मुल्याङकनको आधारमा नगर अनुदान शिक्षकमा रुपान्तरण गर्न सकिने छ । शिक्षा क्षेत्रमा राम्रो काम गर्ने नगर शिक्षकहरुका लागि पुरस्कार र नराम्रो कामगर्नेलाई दण्डको ब्यबस्था गर्ने कुरा नगरप्रमुख खड्काले बताएका छन । कार्यक्रममा नगर उपप्रमुख वडाअध्यक्ष लगाएत बिभिन्न क्षेत्रमा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्