चर्चित टिकटकर ज्योतीको अभिनयमा भानुभक्त निर्देशित तीज गीत ‘घरकी बुढी भुल्दिने’ सार्वजनिक (भिडियो)

काठमाडौँ – डेउडा गायक तथा निर्देशक भानुभक्त जोशीको निर्देशनमा ‘घरकी बुढी भुल्दिने’ तीज गीत सार्वजनिक भएको छ । भरत बोहरा र पुष्पा बोहराको स्वरमा सजिएको यो गीतमा भानुभक्त जोशीको शब्द, संगित र लय रहेको छ । भुवन बडूले गीतलाई संयोजन गरेका छन् भने मनोज डंगोलले गीतको अडियो मक्सिङ गरेका छन् । विग परिवेशले अडियो रेकर्डिङ गरेको हो । यो गीतको भिडियो निर्माण भने नरेन्द्र जोशीले गरेका हुन् । विमल ढकालले छायांकन गरेको यो गीतको भिडियो सम्पादन ललितसिंह साउदले गरेका छन् । गीतमा चर्चित टिकटकर ज्योती पाण्डेको अभिनय समेत देख्न पाइन्छ । ज्योती पाण्डे, देविका विष्ट, प्रकाश बम र लोकेन्द्र नाथले गीतमा अभिनय गरेका छन् । गीतमा मेयर उपमेयरलाई व्यंग गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्