नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुने

काठमाडौँ – नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्ने बताएको छ । क्यानले पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो ।

त्यसबाट आएका कम्पनीहरूलाई छनोट गरेर राख्ने भएको छ । क्यानका अनुसार सार्वजनिक टिममा तीन नेपालका र तीन नेपाल बाहिरका टिम भएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए ।

क्यानले आयोजना गर्ने लिगको सबै राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई बेचेको छ । त्यसैकारण क्यान र सेभेन थ्री स्पोर्ट्स बीचको सम्झौताका विषयलाई लिएर सर्वोच्च अदालत र अख्तियारमा मुद्दा परेको छ । मुद्दाको फैसला नआउँदै क्यानले टिम घोषणा गर्न लागेको हो । नेपाल टी–ट्वान्टी लिगलाई आईसीसीले मान्यता दिइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्