सिन्धुपाल्चोकमा एसईईको तयारी पुरा, ४ हजार भन्दा बढी परीक्षार्थीहरु सहभागि हुने

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट ४ हजार १ सय ४ जना परीक्षार्थीहरु सहभागी हुदैछन् । सहभागी परीक्षार्थी मध्ये १ हजार ८ सय ३४ छात्र र २ हजार २ सय ६७ छात्र छन् ।
भुकम्पपछि अस्थाई सिकाइ केन्द्रमा नै एसईई परीक्षा सञ्चालन हुने गरेको भएपनि सबै विद्यालयहरु पुननिर्माण सम्पन्न भएपछि यो वर्ष भने परीक्षार्थीहरु सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउँने भएका छन् । भुकम्पमा क्षतीग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालयहरु पुननिर्माण सम्पन्न भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईले एसईई परीक्षाको लागि २३ परीक्षाकेन्द्र निर्धारण गरेको छ । सम्बन्धीत परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । जिल्लाका सामुदायिक र संस्थागत गरी यो वर्ष १ सय ४९ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले जानकारी दिए । जिल्ला भरि सामुदायिक १ सय ३६ र संस्थागत १३ विद्यालयहरु रहेका छन् ।
एसईई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत लगिसकेको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत अन्य सुरक्षा निकायहरुसँग समन्वय गरेर परीक्षाकेन्द्रमा सुरक्षाकर्मी समेत खटाएको प्रमुख सुवेदीले जानकारी दिए ।
प्राविधिकधारतर्फ एसईईमा सहभागी हुने सबै परीक्षार्थीहरुका लागि सदरमुकाम चौतारा स्थीत कृष्णरत्न गंगा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यो वर्ष १ सय ३२ परीक्षार्थीहरु सहभागी हुदैछन् । सिन्धुपाल्चोकमा ४ सामुदायिक विद्यालयमा बालिविज्ञान,सिभील इन्जिन्यिर र बालि विज्ञान विषय पढाइ हुने गरेको छ ।
त्यस्तै ग्रेड वृद्धि परीक्षामा पनि १६जना परीक्षार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । २३ परीक्षाकेन्द्र मध्ये शारदा मावि बाह्रविसेमा सबैभन्दा बढी ३ सय ६३ परीक्षार्थी एसईईमा सहभागी हुदैछन् भने सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा जम्मा ८१ परीक्षार्थीहरु मात्रै छन् ।
परीक्षाकेन्द्र रहेका सबै विद्यालयहरु सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख यमबहादुर खडकाले जानकारी दिनुभयो । परीक्षाकेन्द्र कायम भएका सबै विद्यालयहरु निर्माण सम्पन्न भएका छन् । यो वर्ष परीक्षार्थीहरुलाई कुनै असहज नहुने प्रमुख खड्काले भनाइ छ ।

भुकम्पपछि चार वर्षको एसईई परीक्षा अस्थाई सिकाइ केन्द्रमा नै सञ्चालन भएको थियो । परीक्षा केन्द्र कायम भएका केही विद्यालयहरु भारतीय राजदुताबास मार्फत निर्माण सुरु गरे पनि टहरोमा नै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यन्वयन इकाइ(शिक्षा)का इन्जिनियर शेरबहादुर पुजाराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्