चीन सहित पाँच देशबाट खाद्यान्न आयातमा रोक

काठमाडौं – सरकारले चीन, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न, तरकारी, फलफूल र मासु आयातमा रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार यी ५ देशबाट खाद्यान्न आयातको अनुमति दिन बन्द गरिएको छ ।

‘अहिलेकै स्थितिमा आयातका लागि प्राप्त भएका निवेदनमा कुनै अनुमति जारी गरिएको छैन, हामी अवस्था हेर्दैछौं,’ वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मर्हजनले भने ।

कृृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना अति प्रभावित पाँच मुलुकबाट पशु, खाद्य र वनस्पतिजन्य वस्तुको आयात अनुमति नदिन विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले ड्राइफुड, स्न्याक्स र स्याउ आयातका लागि अनुमति जारी नगरेको महर्जनले जानकारी दिए ।

अब खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभाग र पशुसेवा विभागले यी ५ देशबाट खाद्यान्न, फलफूल, तरकारी र मासुजन्य उत्पादन आयातको अनुमति दिने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्