कञ्चनपुरमा बाबुले गरे छुरा प्रहार गरि छाेराकाे हत्या

कञ्चनपुरमा बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरिदिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार साँझतिर घरमै डम्बरले छोरालाई छुरा प्रहार गरेर घाईते बनाएको हाे।

उपचारका लागि घरदेखि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको हाे । छोरामाथी छुरा प्रहार गर्ने डम्बरलाई पक्राउ गरिसकेको छ । बालकको शव महाकाली अस्पतालमा राखिएको छ । घटनाले चन्द परिवार सहित गाउँ नै शोकमा डुबेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्