कतिपय स्थानीय तहको बजेट अन्यौल भएकै बेला हेलम्बुले दियो आगामी आवको बजेट खर्च गर्ने अख्तियारी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आर्थिक कारोबारका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छ । असार २४ गते गाउँसभाबाट स्वीकृत भएको आर्थिक वर्ष २०७९/८०को वार्षिक विकास कार्यक्रमलाई आर्थिक ऐन, स्थानीय सरकार संचालन ऐन २०७४ को दाफा ७३को उपदाफा १ र ऐन बमोजिम तयार गरिएका नियमावली मापदण्ड तथा निर्देशिकाहरुको अधिनमा रहि खर्च गर्न अध्यक्ष शेर्पाले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएका हुन् ।
देशका कतिपय स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट अन्यौल रहेकै बेला हेलम्बुले आगामी आर्थिक वर्षको विकास कार्यक्रमलाई अगाडी बढाउन तयारी थालिसकेको छ । ‘हामी सधैँ जनता प्रति उत्तरदायी छौँ, जनताको मतको कदर गर्छौ, जनताले चाहे अनुसार स्थानीय सरकार संचालन गर्छौ’ अध्यक्ष शेर्पाले भने, ‘हामी जनताको नजिकको सरकार हौँ, जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न प्रतिबद्ध छौँ’ । अध्यक्ष शेर्पाले हेलम्बुलाई देशकै नमुना गाउँपालिका बनाउने अभियान तिव्र गतिमा चलाएको समेत बताए । ‘हामी हेलम्बुलाई नमुना गाउँपालिका बनाउँछौँ, यो अभियान पाँच वर्षदेखि निरन्तर चलिरहेको छ’, उनले भने, ‘गाउँपालिकाका हरेकर गतिविधि, आर्थिक पारदर्शिता, जवाफदेहितामा हामी प्रतिवद्ध छौँ’ । अध्यक्ष शेर्पाले आगामी आर्थिक वर्षको विकास कार्यक्रलाई अघि बढाउने अख्तियारी दिनेमा हेलम्बु देशकै पहिलो भएको समेत दाबी गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्