सत्ता गठबन्धनले पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने, एमालेको टुंगो छैन

काठमाडौँ – सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ।गठबन्धन स्रोतका अनुसार कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको छ।

उपसभामुखका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ। चुनाव शुक्रबार हुनेछ। सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने छिन्। भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली छ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले उपसभामुखमा उम्मेदवारी दिने/नदिने, दिने भए कसलाई उम्मेदवार बनाउने भन्नेबारे जानकारी दिएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्