मार्मा गाउँपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सञ्चालन

रमेश खत्री, दार्चुला – मार्मा गाउँपालिकामा अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको छ । मार्मा गाउँपालिको वडा नम्बर २ स्थित लटिनाथमा यस क्षेत्रकै पहिलो अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको हो । मार्मा गाउँपालिकालका नि. प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले ग्रामिण अल्ट्रासाउण्ड सेवाको उद्घाटन गरे । मुख्य गरी बाल मृत्युदर मातृमृत्युदरकम गर्ने उद्धेश्यले मार्मा गाउँपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड सञ्चालन गरिएको मार्मा गाउँपालिका स्वास्थ्य संयोजक चक्रसिह धामीले बताए ।

“मुख्यगरी गर्भवती महिलाहरुलाई लक्षित गरि अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको हो ।” संयोजक धामीले भने । सामुदायिक विकासबाट ग्रामिण अल्ट्रासाउण्ड मेसिन तथा तालिम प्राप्त जनशक्ति सहित गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थाबाट नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने गरि सेवा सञ्चालन गरिएको हो । मार्मा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष एंव स्वास्थ्य व्यावस्थापन समिति अध्यक्ष अमरसिह विष्टको अध्यक्षतामा भएको कार्यक्रम सम्पनन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्