धिताल फिल्मसको पोष्ट प्रोडक्सनमा सावित्री गिरीको तीज गीत “माईत जाने बाटो” सार्वजनिक

काठमाडौँ – धिताल फिल्मसको पोष्ट प्रोडक्सनमा सावित्री गिरीको तीज गीत “माईत जाने बाटो” सार्वजनिक भएको छ । यस गीतमा गायिका सावित्री गिरी कै शब्द ÷ संगीत ÷ स्वर रहेको छ । उक्त भिडियोमा बुद्ध लामा तितुङ्गको निर्देशन, थार्चा लामाको कन्सेप्ट, बाबू सेन्चुरीको कोरियोग्राफी, सञ्चु ठोकरको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

सो गीतको भिडियोमा अनिता ठोकर र रितिका गिरीको अभिनय रहेको छ । यस गीतलाई धिताल फिल्म्स प्रा. लि. ले पोस्ट प्रोडक्सन गरेको हो ।

यस गीतलाई सावित्री गिरी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरू बजारमा आउने क्रम जारी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्