चट्याङ लागेर एक युवकको मृत्यु

उदयपुर – वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका -५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्