सेयर बजारमा केहि सुधार, नेप्से परिसूचक ४१ अंकले बढ्यो

काठमाडौं – बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ ।

बुधबारको दोस्रो बजारमा आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावरको कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने मैलुङखोला जलविद्युत्, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४ र नबिल ब्यालेन्स फन्ड ओरालो लागेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्