आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भएकोले उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं – आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भएकोले उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक कमलराज जोशीले आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । ठूलो पानी पर्नुका साथै खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने समेत उहाँले बताउनुभयो ।

महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्