त्रिभुवन विश्वविद्यालय सेवा आयोगले माग गरेको विज्ञापनमा सबै परीक्षार्थी अनुतिर्ण

काठमाडाैं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले माग गरेको विज्ञापनमा सबै परीक्षार्थी अनुतिर्ण भएका छन् ।

विभिन्न पदमा १ सय ४ जना कर्मचारी माग गरेकोमा परीक्षा दिएका सबै अनुत्तीर्ण भएका छन् । उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदका लागि कर्मचारी माग गरेको थियो । कुल १ सय ४ जनाको माग भएकोमा १ हजार ४ सय ६२ जनाले परीक्षा दिएका थिए ।

जुन परीक्षा गएको कात्तिकमा भएको थियो । जसको नतिजा आज सार्वजनिक गरेको हो जसमा एक जना पनि उतिर्ण हुन सकेनन् ।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना, शाखा अधिकृतमा ४० जना माग गरिएकोमा ५ सय ४२ जना, मुख्य कार्यालय सहायकमा ४३ जनाका लागि ७ सय ७७ जना, आर्थिक उपनियन्त्रकमा २ जनाका लागि ३ जना र लेखा अधिकृतमा १५ जनाका लागि १ सय २९ जनाले परीक्षा दिएका थिए ।

त्रिविका अनुसार लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्